नियम १०१
निर्देशन दिनसक्ने
आर्थिक तथा भौतिक प्रशासन सम्बन्धी कार्य, बन्दोबस्ती सामानको परिपूरण गर्ने कार्य लगायतका नेपाली सेना भित्र गर्नुपर्ने र गरिने व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित बनाउन मन्त्रालयले नेपाली सेनालाई निर्देशन दिन सक्नेछ । मन्त्रालयले निर्देशन दिनु पूर्व आवश्यकताअनुसार नेपाली सेनाका विभिन्न युनिटको निरीक्षण तथा अनुगमन गर्न तथा सम्बन्धित कागजात माग गर्न सक्नेछ । यस्तो निरीक्षण तथा अनुगमन सम्बन्धी कार्य नेपाली सेनासँगको समन्वयमा गरिनेछ ।